नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडाैं | माघ २२, २०७९

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ: आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १.५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । जुन, अन्तिम समयमा २ हजार ९६ अंकमा पुुगेर रोकिएको हो ।

 

यसक्रममा नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि आज १०१ कम्पनीको सेयर घटेको छ भने १०८ कम्पनीको सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको सेयर भने स्थिर रह्यो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँले बढ्यो । १० प्रतिशतको वृद्धिसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय २१ रुपैयाँमा पुुगेर रोकिएको छ । यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ८.४९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२५ रुपैयाँ पुगेको छ ।

 

यसक्रममा आज बैंक समूहमा १.६६ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ११.७४ अंकले बढ्दा वित्त समूह २७ अंकले बढेको छ । यसका साथै, आज होटल र टुरिजम समूह २३ अंक, जलविद्युत समूह ७ अंक, लगानी समूह ०.२७ अंक, उत्पादनमूलक समूह ३६अंक र म्यूचुुअल फण्ड समूह ०.०२ अंकले बढेको छ ।


यसबाहेक, जीवन बीमा समूह ५२ अंक, लघुवित्त समूह १५ अंक, निर्जीवन बीमा समूह ४० अंक, अन्य समूह ४ अंक र व्यापार समूह १७ अंकले घटेको छ ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्